हो म अहिले पार्टीले दिएको जिम्मामा छु । हामीलाई उनीहरुले प्रतिवन्ध लगाएका छन् । हामीले पनि उनीहरुलाई पनि प्रतिवन्ध लगाएका छौं । हामीलाई मुद्धा छ भने उनीहरुलाई पनि हाम्रो अदालतमा मुद्धा छ । गंभीर राष्टघातका मुद्धा ।

अगाडि पनि देशमा दुई सत्ता छन् । यहाँ सरकारका नाममा मनपरी गर्ने छुट केपी र पिकेलाई छैन । हाम्रो सत्तामा उनीहरुलाई पनि प्रतिवन्ध र गंभीर मुद्धा छन् । मुल्तबीमा छन् मुद्धाहरु । हेक्का गरिराखे हुन्छ । पक्ष प्रतिपक्ष सबैं संसदवादी राजनीतिक दलहरु पक्ष नैं हुन् । यिनीहरु यो पूरानो सत्ताका पाले हुन् । हामी यो संसदीय प्रणालीको विरोधी हौं । यसलाई पूर्ण अन्त्य गर्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ । त्यसैले हाम्रो अर्को सत्ता छ ।

हाम्रो सत्ताका संरचनाहरु केन्द्रदेखि स्थानीय तहसम्म छन् । आआफन ठाउँमा क्रियाशिल छन् । पार्टीको निर्देशनमा केन्द्रीय जनपरिषदका नीति निर्देशनहरु पालन गर्ने र त्यसअनुसार परिचालित र सक्रिय छन् । समुद्रमा पनि पानीभित्र ज्वारभाटा र लहरहरु निरन्तर चलिरहन्छन् । हाम्रो सत्ता त्यसैको रुपमा छ । हामी दाबीका साथ भन्छौं, यो सरकारभन्दा राम्रो सत्ता जनतालाई हामी दिन चाहन्छौं ।

भलैं हामी अहिले खुला रुपमा छैनौं । त्यो परिस्थिति पनि आउनेछ एक दिन हामी खुला रुपमा जनताको संवोधन र नेतृत्व गर्नेछौं ।

विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं केन्द्रीय जनपरिषदका अध्यक्ष सन्तोष बुढामगरसँग रातोखबरले लिएको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार