सर्वाेच्च अदालतले बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्ला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीे मन्त्रिपरिषद पुनर्गठन गर्ने साइत हेर्दै छन् ।

गौतमलाई मन्त्री बनाउँनकै लागि भनेर प्रधानमन्त्री ओलीले पार्टी भित्र र बाहिरबाट उठेका थुप्रै बिरोधका स्वरलाई बेवास्था गर्दै राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेका थिए ।

मनोनयन गरेको केही दिनमै पुनर्गठन गरिएको मन्त्रिपरिषदमा गौतमलाई पनि सामेल गराउने प्रधानमन्त्रीले ठूलो धोको थियो । तर, त्यतिबेला प्रतिनिधिसभा सदस्यमा हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न नमिल्ने भन्दै सर्वाेच्चमा रिट परेपछि तत्काललाई ब्रेक लागेको थियो । सर्वाेच्चले गौतमलाई मन्त्री बन्न कुनै संबैधानिक रोक लाग्दैन भनेपछि प्रधानमन्त्री ओली उनलाई समेत सामेल गराएर केही नयाँ अनुहार थप्न खोजेका छन् ।

गौतमकै लागि भनेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोख्रेलले संम्हाल्दै आएको रक्षामन्त्रालय ओली आफैले राखेका थिए । अब उपप्रधानमन्त्रीसहितको रक्षामन्त्रालयको जिम्मेवारी बामदेवको काँधमा सुम्पिएमा पार्टी भित्रको समिकरणमा ओली झन हावी हुने छन् । गौतमलाई सरकारमा सामेल गराएपछि हाल पार्टी भित्रको विवादको हल हुने उनको अनुमान छ।रक्षामन्त्रीको जिम्मेवारी खोसिएका ईश्वर पोखरेल भने रनभुल्लमा छन् । आफूलाई बढुवा गरेको हो कि घटुवा भनेर छुट्टाउन सकेका छैनन् । हाल उनलाई विना विभागिय मन्त्रीको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी राखेका छन् ।

सर्वोच्चमा गौतमविरुद्धको मुद्दा विचाराधीन रहेकाले मन्त्रीको ढोका बन्द भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक कलह मिलाउन र गौतमलाई आफ्नो पक्षमा ल्याउन थुप्रै मेहन गर्नु परेको छ ।

कानून र विधिले रोके पनि सरकारले चाहेको खण्डमा यो देशमा जे पनि हुन्छ भन्ने उदाहरणको रुपमा गौतमको मनोनयनलाई नै हेरे काफी हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार