सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह चार बजे बस्दैछ । लामो समयको रस्साकस्सीपछि नेकपाको सचिवालय बैठक आजलाई बोलाईएको हो।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमै आग्रह गरेका थिए । तर, ओलीले भने बैठक नराख्ने भन्दै टार्दै आएका थिए ।

अध्यक्ष दाहालले अब पनि बैठक नराखे आफूले एकलौटी रुपमा बैठक डाक्ने चेतावनी दिएपछि हिजो ओलीले भोलि बैठक बोलाउन आफ्नो सहमति जनाएका थिए ।

सचिवालयको बैठकको पूर्व सन्ध्यामा अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यहरुको हिजो छलफल भएको थियो । दाहालनिवास खुमलटारमा भएको छलफलमा पाँच जना नेताहरु आजको सचिवालय बैठकमा एकमत भएर प्रस्तुत हुने भएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीमाथि पार्टीका निर्णय नमानेको र एकलौटी रुपमा अघि बढेको आरोप लगाएका छन् । र, स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको पनि उनीहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार