
सत्ताधारी नेकपाभित्र केपी ओलीका दाहिने हात मानिने नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीलाई फुटमा लैजान खोजेको भन्दैं प्रचण्डलाई गंभीर आरोप लगाएका छन् ।
बास्कोटाले प्रचण्डको पछिल्लो प्रतिवेदनले पार्टीको एकता जीवन्त राख्ने राजनीतिक सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजसतो देखिएको टिप्पणी गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई लक्षित गरेर बाँस्कोटाले यस्तो टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो लेखेका छन्-
”अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आराेपकाे पुलिन्दा हेर्दा अब पार्टीकाे एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनाेवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्ताे देखियाे।फिर्ता लिने वा गंभीर तनावकाे यात्रा राेज्ने?मर्जी आफ्नै त हाे!”








