सत्ताधारी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको दस्तावेज राजनीतिक प्रतिवेदन नभइ आफूविरुद्धको प्रहार भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा सचिवालयको ७०औं बैठकमा पेस भएको कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन कुनै हालतमा छलफल गर्न नहुने अडान राखेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर परामर्श गरेका थिए । महासचिव विष्णु पौडेल पनि सहभागी छलफलमा प्रधानमन्त्री ओलीमा पार्टीमा उत्पन्न सङ्कट कत्ति पनि चिन्ता नदेखिएको नेपालनिकट नेताले जानकारी दिए ।

“प्रधानमन्त्रीमा पटक्कै पार्टीको सङ्कटप्रति चिन्ता र कमी-कमजोरीप्रति आत्मबोध छैन । उहाँमा आफू सच्चिनुपर्छ भन्ने भावना नै देखिँदैन,” नेपालनिकट नेताले  भने, “उहाँ पुरानै अडानमा हुनुहुन्छ । सरकार सञ्चालमा पार्टीका नेताबाट असहयोग गरिएको घेराबन्दी गरिएको गुनासो मात्रै छ ।”

ओलीले मंगलबारैं उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए । ओलीले सोमवार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार