विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ ।
विहीबार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका पूर्ण बहादुर सिंहसहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।








