गोपाल किरातीले निर्माण गरेको नेकपा माओवादी केन्द्रमा संसदवादी भाइरसले दुख दिएको सो पार्टीका इमान्दार नेता कार्यकर्ताले बताउन थालेका छन् ।

पार्टी महासचिव समेत रहेका कर्णजित बुढाथोकीको नेतृत्वमा रहेको सानो झुण्ड ओली प्रचण्ड नेतृत्वको सत्ताधारी पार्टीतिर जान खोजेपछि यो झुण्डलाई संसदवादी भाइरसको नाम दिइएको छ ।

माओवादी केन्द्रको स्रोतका अनुसार गोपाल किरातीले लामो दुख गरेर खडा गरेको पार्टीमा कर्णजित बुढाथोकीहरु जब नेतृत्वमा आए त्यसपछि उनले सधैं संसदवादको पक्षमा बोल्ने गरेको बताइन्छ ।

बुढाथोकी तत्काली माओवादीका सभासद समेत हुन् । उनी प्रचण्ड बाबुरामसँगको पार्टी विभाजनमा मोहन वैद्य नेतृत्वको पार्टीमा आएका थिए । त्यसपछि उनी विप्लवको नेतृत्वमा नयाँ क्रान्ति गर्ने तयारी सहित नयाँ पार्टी बनेपछि उनी वैद्य वादलसँगैं रहेका थिए ।

केही समय कुनैं पार्टीमा नरहेका उनी पछि गोपाल किरातीले नेतृत्वको माओवादी केन्द्रमा आए र सो पार्टीको महासचिव समेत भए । तर जब उनी सो पार्टीको महासचिव भएसँगैं उनले सधैं संसदवादको पक्षमा वहस गर्ने पात्र बनेको सो पार्टीका नेता कार्यकर्ताहरु बताउछन् ।

बुढाथोकीले अहिले संसदवादको नेतृत्व गरिरहेको प्रचण्ड ओलीको पार्टीमा प्रवेश गर्न खोजिरहेको तर क्रान्तिकारी नेता कार्यकर्ताहरुको दबाबका कारण उनी लामो समयदेखि अलमलमा परेको बुझिएको छ ।

सांसद समेत भइसकेका कर्णजित बुढाथोकी एकपटक संसदमा पुगेर मन्त्री बन्न इच्छुक रहेकोले उनी प्रचण्डवाला पार्टीका नेताहरुको सम्पर्कमा रहेको माओवादी केन्द्र स्रोतले बतायो ।

मन्त्री बन्ने हुटहुटीले उनलाई संसदवादको भाइरस लागेको संज्ञा सो पार्टीका नेता कार्यकर्ताहरुले गंभीर आरोप लगाउने गरेका छन् ।

गोपाल किरातीलगायत ठूलो पंक्तिले विप्लव नेकपा र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित थुप्रैं क्रान्तिकारीहरुसँग धु्रवीकरण गरेर अगाडि बढ्न खोजिरहेको बेला बुढाथोकीले प्रचण्डको पार्टीमा जान मरिहत्ते गरेको बुझिएको छ ।

उनको त्यो हर्कतले क्रान्तिकारी ध्रुवीकरणलाई कमजोर पार्न खोजेपनि कुनैं असर नपार्ने माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको भनाई छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार