
विद्रोही नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनगर्ठन दिवस आज देशव्यापी मनाउँदै छ ।
जनयुद्धकालिन एउटा पंक्ति संसदीय व्यवस्थामा सामेल भएपछि त्यससँगै जनयुद्ध लडेको अर्को शक्ति जनयुद्धकालिन मुल्य,मान्यता र आदर्शलाई पछ्याउँदै छुट्टै पार्टी पुनगर्ठन गरेर संसदीय व्यवस्था र विकसित पछिल्ला राजनीतिक घटनाक्रम प्रति असहमति जनाउँदै आएको छ ।
हाल कार्यनयनमा रहेको सविधानमा समेत असहमति राख्दै हालको गणतन्त्र र संघीयता समेत जनयुद्धको मर्म विपरित रहेको ठहर गरेको छ ।
गएको ७५ फाल्गुन २८ मा सरकारले खुल्ला कार्यक्रम एवम् गतिविधि गर्न प्रतिबन्ध लगाएपछि पार्टीका सयौं कार्यकर्ता पक्राउ पर्ने,छाड्ने र उच्चपदस्थ नेताहरूलाई नियन्त्रणमा लिईरहने क्रम जारी छ ।
२०६८ यता बनेका सबै सरकार वृहत् शान्ति सम्झौता र १२ बुदे समझदारी विपरीत चल्दै विस्तृत शान्ति सम्झौता अघोषित रुपमा भंग गरेको विद्रोही नेकपाको निष्कर्ष छ ।
संगै जनयुद्ध लडेको शक्ति सरकारमा सामेल छ,विभाजनमा समेत हातेमालो गरेका गृहमन्त्री छन् तर उनै सम्मिलित सरकारले पुर्व सहयोद्वालाई प्रतिबन्ध लगायो ।
त्यसयता विद्रोही नेकपाका सयौं कार्यकर्ता अर्धभुमिगत रुपमा राजनीतिक एव सांगठनिक काम गर्दै आईरहेका छन् ।
प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी संग विभाजित भएपछि पुनः कपिलवस्तुको शिवगढी भेला,बुटवलको पत्रकार सम्मेलन संगै २०७१ कार्तिकमा मोहन वैध किरणलाई औपचारिक पत्र बुझाएर जनमुक्ति सेना दिवसको दिनलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ ।
दाङ सम्मेलन र थवाङ महाधिवेशन गरेर घोषित कार्यक्रम चलिरहँदा सरकारले प्रतिबन्ध गरेपछि अर्धभुमिगत रुपमा पार्टी संगठनका कार्यक्रम तथा गतिविधि गर्दै आईरहेको छ ।
सरकारले प्रतिबन्ध पछि विद्रोही तथा असन्तुष्टि पक्षलाई वार्ता मार्फत समाधान गर्ने दाबी गरिरहेको भएपनि त्यसको आवश्यक प्रक्रिया भने अगाडि बढाएको छैन् ।
बरु वार्ता र संवादको नाममा थप दमन र हस्तक्षेप तिव्र बनायो भने कतिपय ठाउँमा नक्कली भिडन्तको नाममा कार्यकर्ता मारेको भन्दै मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको थियोे ।
सोही विद्रोही नेकपाले आज पार्टी पुर्नगठन दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।







