सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन आफूखुशी प्रदेश कमिटी र अन्य कमिटीहरुमा पठाएपछि माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आँकलनसहित कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पार्न भन्दै आफ्नो प्रतिवेदन प्रदेश कमिटीमा पठाएपछि नेपाल समूहले असन्तोष व्यक्त गरेको हो ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएको छ ।

सचिवालयका अन्य चार नेताहरुको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्‍याउने गरी प्रदेशसम्म पठाइसकिएको जानकारी नेता नेपालले पाएपछि तुरुन्तै आपत्ति जनाएका थिए ।

पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर आफूले सबै प्रदेशमा पठाइएको भएपनि आफूखुशी पार्टी विभाजनको रेखा कोर्नेगरी किन पठाएको भन्दै नेपालले आपत्ति जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार