आगामी १५ वर्षभित्र संसारको दोस्रो ठूलो अर्थतन्त्रबाट संसारकै एक नम्बरको अनुसन्धानकर्ता बन्न चीनले प्राथमिकता क्षेत्र र त्यसको लागि आवश्यक कदम निर्धारण गरेको छ । चीनले प्रमुख र अत्यावश्यक प्रविधिमा ठूलो फड्को मार्ने घोषणा गरेको छ ।

चीनले अनुसन्धानमा आधारित विकास अघि बढाउने र कृत्रिम बौद्धिकता, क्वान्टम सूचना, एकीकृत सर्किट, जीवन र स्वास्थ्य, दिमाग विज्ञान, जैविक उत्पादन, अन्तरीक्ष विज्ञान र प्रविधि, पृथ्वी तथा समुद्रको भित्री अनुसन्धान अघि बढाउने बताएको छ । मङ्गलबार सार्वजनिक चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको विकास प्रस्तावनाको पूर्ण विवरणमा यी कुरा लेखिएका छन् ।

चीनको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास एवम् सन् २०३५ सम्मको लागि दीर्घकालीन लक्ष्यको लागि चौधौँ पञ्चवर्षीय योजना (२०२१–२०२५) को निम्ति पार्टी नेतृत्वले बनाएको सो प्रस्तावना गत अक्टोबर २९ मा सम्पन्न भएको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकले पारित गरेको थियो ।

विज्ञान र प्रविधिमा आत्मनिर्भर

सो प्रस्तावना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङले आगामी चौधौँ पञ्चवर्षीय योजनाको अवधिमा उच्च गुणस्तरीय विकासको लागि चीनले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

“अन्तिम समयसम्म चीनले आधुनिकीकरण अघि बढाउन अनुसन्धानको केन्द्रीय भूमिकालाई जोड दिन्छ र राष्ट्रिय विकासको रणनीतिको रूपमा विज्ञान र प्रविधिमा आत्मनिर्भर बन्नेछ”, प्रस्तावनामा भनिएको छ ।

“चीनले राष्ट्रिय अनुसन्धान प्रणालीमा सुधार गर्नेछ र चीनलाई वैज्ञानिक र प्राविधिक ऊर्जा केन्द्र बनाउन जोडतोडका साथ लाग्नेछ”, सो दस्तावेजमा भनिएको छ ।
“एकातिर स्वाधीन अनुसन्धानमा हाम्रो क्षमतामा हामी सुधार गर्नेछौँ किनभने मुख्य र अत्यावश्यक प्रविधि किन्न सकिन्न”, विज्ञान र प्रविधिमन्त्री वाङ चिकाङले शुक्रबार आयोजित पत्रकार भेटघाटमा भने ।

“अर्कोतिर हामी अरू देशबाट थप अत्याधुनिक अनुभव सिक्ने आशा गर्छौँ । चीनको थप वैज्ञानिक र प्राविधिक उपलब्धिलाई संसारसँग बाँड्नेछ । संसारमा आइपर्ने चुनौती सामना गर्न चीनको ज्ञानले योगदान गर्नेछ”, वाङले भने ।

प्रस्तावनामा औद्योगिक क्षेत्रमा अनुसन्धानको ‘प्रभावशाली भूमिका’ मा जोड दिँदै अनुसन्धान क्षमता प्रबद्र्धनमा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार