नेकपा (माओवादी केन्द्र)को छैंठौं केन्द्रीय समितिको ३ दिनसम्म बसेको बैंठकले कर्णजित बुढाथोकीको नेतृत्वमा रहेको समुहलाई लिनप्याओवादी र लम्पट चरित्रका संसदवादी भाइरसको संज्ञा दिएको छ ।

बैंठकले केही दिनअघि माओवादी केन्द्रको नाममा भेला गरेर बुढाथोकीको नेतृत्वमा बनेको पार्टीलाई षडयन्त्रकारी र दुई वर्षसम्म लेबी नतिरेका अराजकतावादी समुहहरुको झुण्ड भनेर आरोप लगाएको छ ।

साथैं बैंठकले गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्रलाई थप सुदृढ र विस्तार गरेर लैजानुका साथैं नेपालमा रहेका सच्चा कम्युनिस्टहरुबीच महाध्रुवीकरण गरेर जाने निर्णय समेत गरेको माओवादी केन्द्रको स्रोतले बतयो ।

३ दिनसम्म बसेको बैठकबारेको पार्टी केन्द्रीय समितिको धारणाबारे जानकारी दिन सो पार्टीले ११ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार