
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर २५ गते काठमाडौसहित सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मंसिर ८ देखि १० गतेसम्म बसेको सो पार्टीको पोलटव्युरो बैठकले भारतले कव्जा गरेको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी,लगायत मुद्धामा आन्दोलन गर्ने भएको छ ।
प्रतिवेदनमासामाजिक रुपान्तरण तथा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको परन्तु आत्मगत परिस्थिति भने कमजोर रहेको कुरा दर्शाउँदै, छितरिएको सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनु पर्ने ऐतिहासिक आवश्यकतामाथि विशेष जोड दिइएको छ ।
सो पार्टीले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने, ठुलो सङ्ख्यामा नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने तथा यातना दिने काम गरेर सरकारले फासीवादको प्रदर्शन गरिआएकोमा त्यसको विरोध गर्दै प्रतिवेदनमा उनीहरु माथिको प्रतिबन्ध हटाउन, उनीहरुले उठाएका मुद्दालाई राजनीतिक रुपमा लिन र कारागारमा रहेका नेता–कार्यकर्ताको रिहाइ गर्नका लागि पार्टी सरकारसित जोडदार माग गरेको छ ।







