
भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपालको भ्रमणमा रहँदा उनले विभिन्न पार्टीका शीर्षस्थ नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
भारतको यो उच्चस्तरीय भ्रमणको विषयमा विभिन्न खाले टिकाटिप्पणी र विश्लेषण भइरहँदा सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डले भारतीय विदेश सचिव हर्षबर्द्धनसँग भेट पाएनन्।
प्रचण्ड नीजि सचिवालय स्रोतका अनुसार भारतीय प्रतिधिनिहरुले भेट्न चाहे पनि प्रचण्डले नमानेको हो। उता, भारतीय दूतावास स्रोत भन्छ, ‘नेपाल भ्रमणमा आएका प्रतिनिधिहरुले नेकपा अध्यक्ष प्रचण्डसँग भेट्ने कार्यक्रम नै नराखेको हो।’
भारतबाट आएका प्रतिनिधिहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा अोली, विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुसँग भट्नु र देशका ठूलो पार्टी जसले सरकारको नेतृत्व गरिरहेको छ सो दलका कार्यकारी अध्यक्ष रहेका प्रचण्डलाई नभेट्नु ठूलो अर्थ रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । यसले देशमा अन्तर्राष्ट्रिय राजनीतिको ध्रुवीकरण बढिरहेको भनि पुष्टि हुन्छ ।
आगामी १४ गते चीनका रक्षा मन्त्री वेइ फेंग्हे नेपाल भ्रमणमा आउन लागेका छन् । मन्त्री वेइ फेंग्हे र अध्यक्ष प्रचण्डबीच भने भेटघाटको कार्यतालिका रहेको छ । सो भेटघाट हुने नहुने कुरा त्यही दिन थाह हुन्छ तर हालसम्म त्यो कार्यतालिका कायम रहेको छ ।
‘रअ’ का प्रमुख गोयल नेपाल आएर सिधै प्रधानमन्त्री अोलीलाई भेट्न बालुवाटार पुगेको कारण पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीलाई कुनै जानकारी नै नदिइकन रअ प्रमुखलाई भेट्नुले नेकपा झन् विवाद बढेको छ ।







