
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव गुटगत योजना र अपराधिक योजनाका साथ आएको गम्भीर आरोप लगाएका छन् ।
प्रचण्डको प्रस्ताव कुनैं राजनीतिक प्रस्ताव नभई अभियोग र आरोपत्र मात्र भएको सुर्य थापाको गंभीर आरोप छ ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । प्रचण्डको प्रस्तावलाई कार्यकर्ताले जहाँ भेट्यो त्यहीँ च्यातिरहेको पनि उनले दाबी गरे ।







