
नेपाली कम्युनिस्ट आन्दोलनमा जुट्ने भन्दा बढी फुटको इतिहास अगाडि छ । सैद्धान्तिक-राजनीतिक विषय छोडेर व्यक्तिगत, आत्माकेन्द्रीत र रिसिबी साद्ने र पद-प्रतिष्ठा अनि भाग बण्डाकै लागि जुट्ने र फुट्ने गरेको छ ।
नेता-कार्यकर्ता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ऐतिहासिक आवश्यकता र आकस्मिकताले एकता गर्नुपर्ने एकमात्र विकल्प रहेको र यसले बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न पर्छ भन्ने कुरा बाट प्रेरित थिए ।
निजि स्वार्थ र कम्युनिस्ट चरीत्र बदल्दै बिलासिता र नातावाद कृपावादमा उठ्न नसक्ने गरि डुबेका पार्टी नेतृत्व पार्टी बिधि र थिति छोडेर संसदीय दलदलमा फस्ने गरेका पात्र र प्रवृत्तिले कम्युनिस्ट आन्दोलन नै सक्ने हुन कि भन्ने ठुलो डर छ ।
२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी चार वर्ष पुग्दा नपुग्दै विभाजनको अर्को समुह देखा पर्यो, तेस्रो महाधिवेशनमा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूहको विकसित पार्टी नै एमालेको धार थियो, यही टिमबाट २०२७ सालमा झापा जिल्ला कमिटीले‘झापा सशस्त्र विद्रोह’गर्यो, त्यही समुहमा बसेर केपी ओलिले राजनीति सुरु गरेका थिए ।

२०३२ सालमा कोअर्डिनेसन कमिटी (कोके) २०३५ मा नेकपा (माले) बनेको थियो, ०३५ सालमा मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा दुबै समूह मालेसँग एकता गरेर बनेको माले, २०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा र सहाना प्रधानको पुष्पलाल समूहको एकता २०४३ सालमा भएपछि नेकपा (माक्र्सवादी) बन्न पुग्यो।
नेपाल मजदुर किसान संगठनमा भएको विभाजन भएको नेपाल मजदुर किसान समिति (रोहित) र अर्को नेपाल मजदुर किसान संगठनका नाममा छुट्टाछुट्टै रह्यो, २०४७ सालयता नारायणमान बिजुक्छे (रोहित)को समूह अहिलेसम्म नेपाल मजदुर किसान पार्टीका नाममा राजनीतिक दलको रुपमा छदैछ ।
किसान संगठन र सर्वहारा कम्युनिस्ट लिग ९०३४ सालमा गठित ० बीच २०४० मा भयो र सर्वहारावादी श्रमिक संगठन नाम राखे, त्यसको बहुमत पक्षले मालेसँग र अर्को पक्षले रूपलाल विश्वकर्मासहित एकता केन्द्रतिर एकता गरेको इतिहास छ।
२०४७ सालमा माले र माक्र्सवादीबीच पार्टी एकता भएपछि एमाले बन्यो यो ७ बर्स जति टिकेर २०५४ सालमा विभाजन भयो, सहाना प्रधान, वामदेव गौतमलगायतले त्यस बेला एमाले विभाजन गरे, चुनावी नतिजा बाट तर्सेका उनीहरु २०५८ मा गौतमसहितको एक समुह एमालेसँगै फर्किए, तर सीपी मैनाली भने अहिले पनि माले पार्टीकै नेतृत्व गरिरहेका छन् ।
२। पुष्पलाल समूह बाट छुटेका मोहनविक्रम सिंह, मोहन वैद्य, निर्मल लामाहरूले चौथो महाधिवेशन गठन गरे, ०३० मा नेकपा (मशाल) र नेकपा (चौम)का रूपमा विभाजन भएको थियो, मोटो मशाल फेरि फुटेर मोहन वैद्यले मोटो मशाल र सिंहले पातलो मसालको पार्टी निर्माण गरे, सिंहबाट फेरि बाबुराम भट्टराई, हरिबोल गजुरेललगायतले विद्रोह गरे, त्यसपछि २०४७ सालमा नेकपा (चौम), नेकपा (मशाल), रूपलाल समूहको सर्वहारा श्रमिक संगठन र विद्रोही मसालबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो , त्यही धारबाट बनेको नेकपा माओवादी केन्द्रले एमाले सङ्ग २०७५ साल जेष्ठ ३ गते एकता घोषणा गरेको थियो ।
शान्तिपुर्ण आन्दोलन या सशस्त्र युद्ध विषयमा पक्ष-विपक्ष बहसले २०५१ सालमा पुष्पकमल दाहाललगायतले नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठलगायतले एकता केन्द्र नै रहने गरी फरकफरक सङ्गठन बनाए ।
फेरि मोहनविक्रम र नारायणकाजीहरुले २०५९ सालमा पार्टी एकता गरेर पार्टीको नाम नेकपा एकता केन्द्र मसाल बनाए भने मोहनविक्रमसँग दिनानाथ शर्माको नेतृत्वमा अलग्गै विद्रोही मसाल गठन गरेर माओवादीसँग एकता गरे यता युद्धमा रहेको माओवादी सङ्ग २०६० सालमा गोपाल किराती लगायतका केही समुहले एकता गर्यो, ती गोपाल किरातीले अहिले माओवादी केन्द्रलाई पुनर्गठन गरेर बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सङ्ग एकता गर्ने उद्घोष गरेका छन् ।
२०५९ मा एकता गरेको नारायणकाजी र मोहनबिक्रम २०६० मा फुटेर, मोहनबिक्रमले नेकपा (मसाल) र नारायणकाजीले एकता केन्द्र मसाल नाम राखेर नारायणकाजिहरु माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा पार्टी एकता गरे, यसपछि माओवादीले सत्तामा जादा उनै नारायणकाजीहरुले पटकपटक सत्ताको लाभ लिईरहे भने जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बिस्तारै छोड्न थाले ।
यता मोहनविक्रम नेतृत्वको पार्टी राष्ट्रिय जनमोर्चाको छ्दैछ, पछि माओवादीमा पनि विभाजनको शृंखला चलिरह्यो, एक नेता एक पार्टी जस्तैः पार्टीहरु रातारात खुले,
२०६९ सालमा एमाओवादीमा निकै ठूलो भुकम्प गयो, मोहन वैद्य, रामबहादुर थापालगायत नेताले पार्टी विभाजन गरी क्रान्ति को बाकी कार्यभार पूरा गर्ने भनेर नेकपा(माओवादी) गठन गरे, वैद्यले क्रान्तिलाई अघि बढाउन नसकेपछि फेरि नेत्रविक्रम चन्दको नेतृत्वमा २०७० मंसिरमा नेकपा माओवादी गठन भयो, जो अहिले विद्रोही कम्युनिस्ट पार्टीको नाममा सरकार द्वारा प्रतिबन्धित समेत छ ।
झण्डै १ दर्जनको संख्यामा बिभाजन भएका माओवादीहरुको धुर्बिकरणले २०७३ मा फेरि माओवादी केन्द्रको निर्माण भयो, वैद्य नेतृत्वमा रहेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) अहिले पनि आन्दोलन मै छ ।
२०१९ सालको तेस्रो महाधिवेशनमा निष्काश गरेका केशरजंग रायमाझी समूहको धार नेकपा (संयुक्त), एमाले-माओवादीकै वाम गठबन्धनको चुनावमा सहभागी भएको थियो ।
केही दिन यता माओवादी धारका मोहन बैध, गोपाल किराँती लगायत २१ दल र अन्य राजनीतिक दलहरूसमेतले बिद्रोही नेपाल कम्युनिस्ट पार्टी माथीको प्रतिबन्ध खारेज गर्न दबाब एवं दर्जनौं कम्युनिस्ट घटकहरु एकता गरेर अगाडि बढ्ने उद्घोषले अबको कम्युनिस्ट शक्ति बिप्लब नेतृत्वको कम्युनिस्ट पार्टी हुने बिश्लेशकहरु ले बताउन थालेका छन भने बुद्धिजीवीहरु बिप्लबबाट जनताले ठूलो आशा र अपेक्षा गरेको र राजनीतिक मैदान पूरा खाली भएकाले प्रतिबन्ध छिचोलेर मैदानमा आउन आग्रह समेत गरेका छन ।
यसले क्रान्तिकारीहरुलाई निकै नै साहस जुटेको छ र क्रान्ति सम्पन्न गर्ने महान प्रक्रियामा अझ हौसला सहित अगाडि बढेको कुरा प्रस्ट देख्न सकिन्छ ।







