ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिँदै केपी ओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताए ।

यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गरे । उनले भने, ‘पार्टी फुट्छ अनि एमाले एकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ ।’

पूर्वमाओवादी र पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताए ।

‘के हिजो माले र मार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो ? त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार