केही नेताहरु मिलेपनि नेकपाभित्रको अन्तरविरोध निमिट्यान्न हुने सङ्केत देखिदैन । यदि यस्तै रहिरहने हो भने आगामी दिनमा नेकपाका नेताहरु जनतामाझ कसरी पुग्नुहुन्छ ?

तपाईंको यो प्रश्न, टिप्पणी या आलोचनामा आधार छन् । हामी यही रुपमा र यस्तैगरी गयौँ भने कम्युनिस्ट आन्दोलनको अवसानको अवस्थामा पुग्नुबाहेक अरु केही उपाय छैन । तर हामी यो समस्यालाई समाधान गरेर र जनतासँगको विश्वासलाई अरु जित्दै एकताबद्ध ढङ्गले नै जान्छौँ भन्ने मलाई विश्वास छ ।

नेकपामा अन्तरविरोध बढ्नुका पछाडी सैद्धान्तिक राजनीतिक कारण छन् या व्यक्तिगत टकराव के भन्नुहुन्छ ?

नेकपामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा स्प्रिङ्ग छ । पुरानो पुस्ता नेतृत्वमा कायम रहिरहन चाहने र नयाँ पुस्तामाथि अविश्वास गर्ने स्थिति छ । यो नै हो समस्या । हामी यहीँ उभिएर छलफल गर्नुपर्ने ठाउमा पुग्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो । खासगरी आन्दोलनलाई विभिन्न कालखण्डमा नेतृत्व गुर्नभएका नेताहरुले आफुले कस्तो कार्यक्षमताको बीचमा र कस्तो उमेर समुहमा जिम्मेवारी सम्हाल्नुभएको थियो ? त्यसलाई याद गरेर अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तानतरण गर्ने बेला आएको छ । र, हामी नयाँ पुस्तामा जिम्मेवारी हस्तातरण गर्ने विन्दुमा नपुग्दासम्म यस प्रकारका समस्याहरु कुनै न कुनै रुपमा बल्झिरहने स्थिति आउँछ ।

समस्या समाधान गर्दै र फेरि नयाँ समस्या भोेग्दै जानुपर्ने अवस्था आउँछ । त्यही भएर मैले प्रस्टसँग भनेको छु, अब अहिले सविालयभन्दा बाहिरबाट नेतृत्वको खोजी गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ । र यसका निम्ति हामी सचिवालयमा रहेका साथीहरुले पनि सकारात्मक योगदान गर्नुपर्छ । मुलतः स्थायी कमिटीबाट नयाँ नेतृत्वको प्रवन्ध गर्नेगरी अगाडी बढ्नुपर्छ, यो नै अहिले हाम्रो समस्या समाधान हुनेछ ।

सत्ताधारी नेकपाका महासचिव विष्णु पौडेलसँग रातोपाटी अनलाइनले गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार