
राजसंस्था पुनःस्थापना तथा धार्मिक सापेक्षतासहितको राज्यको मागसहित काठमाडौँमा शनिबार प्रदर्शन भएको छ । राष्ट्रिय नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शन माइतीघर मण्डालाबाट नयाँ बानेश्वर पुगेको छ ।
प्रदर्शनकारीहरुले विभिन्न प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीले नागरिकतन्त्रसहितको राजसंस्था, धर्म सापेक्षा राज्य माग गरेका छन् ।
उनीहरुले संघीयताको विकल्प खोजिनु पर्ने र अबको विकल्प नागरिक सरकार रहेको सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
आन्दोलनमा सहभागी अधिकांशसले मास्क लगाएका छन् भने प्रायले राष्ट्रिय झण्डा बोकेका छन् । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यस्ता प्रदर्शन लगातार हुँदै आएका छन् ।
शनिबारको प्रदर्शनमा पनि सहभागीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ठूलो तस्बिर बोकेका छन् ।







