सरकारी प्रतिवन्धलाई चिर्दै विप्लव नेकपाले रोल्पा थबाङमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विप्लव नेकपाको केन्द्रीय सामना टोलीले थबाङमा गत विहीबार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सयौं जनता सहभागी थिए ।

कार्यक्रममा सामना टोलीले क्रान्तिकारी गीत, नृत्य र नाटकहरु प्रदर्शन गरेको थियो ।

सो सांस्कृतिक कार्यक्रमलाई विप्लवव नेकपाका जिल्ला इन्चार्जले संवोधन गरेका थिए । उनले दलाल पुँजीवादी संसदीय व्यवसथाको विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।

कार्यक्रममा स्थानीयहरु कुनैं डर त्रास नमानीकन बसेका थिए ।

स्मरणरहोस केही समयअघि मात्र थबाङमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको एकीकृत टोलीले गाउँमा एक हप्तासम्म गस्ती गरेर आतंकित बनाएको थियो ।

स्मरणरहोस त्यही थबाङ गाउँमा जनपथ प्रहरीको एउटा टीम रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार