विप्लव नेतृत्वको नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ।

विप्लव नेकपा मेची-कोशी व्युरोले जारी गरेको विज्ञेप्तीमा निज श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । आफ्नो पार्टीविरुद्ध सुराकी गरेकोले बाध्य भएर यस्तो कदम लिनु परेको बताएको छ ।

नेकपा मेची-कोशी व्युरो इन्चार्ज प्रतापद्धारा जारी विज्ञेप्तीमा आफ्नो पार्टी र जनसेनाकाविरुद्ध धेरैंपटक सुराकी गरेका कारण आफ्नो पार्टीले ठूलो क्षति व्यहोरेकोले बाध्यकारी बाटो अबलम्वन गरेको जनाइएको छ ।

उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

निज राजेन्द्र श्रेष्ठलाई धेरैं पटक चेतावनी दिदा पनि पटक पटक सुराकी गरिरहेकोले सो घटना घट्न पुगेको पार्टीले विज्ञेप्तीमा जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार