नेपालमा वामपंथ खतरामा छ र कोही सामाजिक न्यायको पक्षधर र समाजबादी अर्थतन्त्रको हिमायती छ भने वमपंथलाई नयाँ शिराबाट पुनर्गठन गर्न अगाडि आओस्, उसले समाजबाट प्रसस्त समर्थन जुटाउन सक्नेछ ।

तथाकथित कम्युनिष्टहरुको जाली कुरामा अल्झीरहने हो भने अब को पांच वर्षमा वामपंथ नेपाली समाजबाट मटियामेट हुने पूर्ण सम्भाबना छ । कम्युनिज्म आफैमा नराम्रो विचारधारा होइन । तर यो विचारधाराका आलोचक हरुले भनेझैं काल्पनिकजस्तो देखिन्छ ।

प्रमाण दिनुपर्दा रुस मा ७० वर्षसम्म अभ्यास हुँदा पनि कम्युनिज्मको अवसान भएको भोलिपल्ट नै व्यक्तिगत सम्पत्ति भसक्कै थुपारेर अर्बपति देखिन थालेकोलाई लिन सकिन्छ । चिन कम्युनिष्ट पार्टीद्वारा शासित देश हो, तर संसारमा सबैभन्दा धेरै अर्बपतिहरु त्यहिँ छन् । वैचारिक रुपले यो आफैमा विवादास्पद कुरा देखिन्छ ।

अझ दक्षिण एसिया जस्तो धार्मिक कट्टरता भएको सामन्तवादी समाजमा द्रब्य पिचास मार्काका नेताले कम्युनिज्मको नेतृत्व गरेपछि त सर्वहाराहरुको उद्धार हुने कुरै आउदैन ।

कांग्रेसभित्रका असल चरित्रका मानिसहरु पनि वामपंथसँग तर्सनु पर्ने कारण छैन । वामपंथ कम्युनिज्मको पर्यायबाची शब्द होइन । कांग्रेसलाई पनि Neoconservatism र Neoliberalism बाट बचाउने हो भने त्यहाँ भित्रका विचारवान नेता कार्यकर्ताहरुले वामपंथलाई नअंगाली सुख छैन । तपाईंहरुलाई crony capitalism ले पतनको दिशातर्फ नराम्रोसंग धकेलेकोले तपाईहरुको अवस्था दयनीय हुन पुगेको शास्वत सत्य स्वीकार्न तपाईहरु पनि तयार हुनै पर्छ ।

वास्तवमा हाम्रो समाजलाइ लेनिनले वार कम्युनिज्म को नाममा अर्थतन्त्रलाई व्यवस्थापन गर्न ल्याएको न्यु इकोनोमिक पोलिसी एकदम मिल्दो हुन सक्छ । जहाँ २० जनासम्म कामदारले काम गर्ने कारखानाको मालिक कुनै व्यक्ति हुन सक्छ, त्यस भन्दा ठुला उद्योगहरु राज्यको मातहत राखिने प्रावधान हुन्छ ।

जग्गा जमिन पनि निश्चित क्षेत्रफल मात्रै व्यक्तिले सरकारसंग लिजमा खेतीका लागि लिन सक्छ । सेवाको क्षेत्रमा सेवा उद्योग संचालन गर्नेले निश्चित संख्यामा कामदार राख्न सक्छ । राज्यले बैंक, इंश्योरेंस, हुलाक, बिद्युत र खानेपानीजस्ता सेवामुलक संस्थाहरु आफ्नो मातहत राख्छ ।

आउनुहोस्, सबै मिलेर त्यही दिशामा अघि बढौं र समय अझै घर्की सकेको छैन र समृद्धि हाम्रै पालामा सम्भब छ र हामीले ढिलाई गर्यौं भने हामीले हाम्रो आउदो पुस्तालाई एक पराधिन र हरितन्नम समाज मात्रै छोडेर जानु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार