अहिले सरकारप्रति जनआक्रोश तीव्र छ । सत्ताबाहिर रहेका वाम घटकहरुले खासगरी पार्टीका मोर्चा तथा विद्यार्थी संगठनहरुले सरकारको विरुद्ध विरोध गरिरहेका छन् । यी आक्रोश र असन्तुष्टिहरुलाई जनक्रान्तिमा बदल्न सकिने सम्भावना कत्तिको छ ?

एकदमै सही कुरा हो कि देशको अस्थिरता, अराजकता र सङ्कटले क्रान्तिको आवश्यकता माग गर्छ । ऐतिहासिक नियमले भन्छ–आज जनताको असन्तुष्टि, युवा विद्यार्थीहरूको सङ्घर्ष र सारा विरोधहरू भित्र क्रान्ति हुर्किरहेको छ । त्यसले जव आफ्नो मासमहिना पुरा गर्नेछ, क्रान्तिले अवश्य जन्म लिनेछ ।

ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको २ बर्ष पुरा हुँदैछ । अहिले नेकपामाथि सरकारले दमन गरिरहेको छ । प्रतिबन्धपछि नेकपाको सङ्घर्षका कार्यक्रमहरू प्रभावकारी हुन सकेनन् भन्ने टिप्पणीप्रति यहाँको धारणा के छ ?

यो सही होइन, हामी क्रान्तिको गति जनताले नभेट्ने र नदेख्ने मोड पर नपुगोस् भन्नेमा सचेत छौं । क्रान्ति आवेगको अपेक्षामा होइन, विवेक र सचेतताको योजनामा बढ्छ । सत्ता र शासकहरू अन्धो दमनमा उत्रिन्छन् । त्यसैले उनीहरु समाप्त हुन्छन् ।

सरकारले छिटपुट रूपमा तपाईको पार्टीसित बार्ताको हल्ला समेत चलाइरहेको छ । यसबारे पार्टीको धारणा के छ ?

अहिलेसम्म सरकार आधिकारिक रूपले वार्ताबारे बोलेको छैन । हामीले आफ्नो धारणा प्रष्ट पारेका छौं । यो जनता र राष्ट्रको हितसँग जोडिएको गम्भीर विषय हो । वार्ता अधिक लालायित र अधिक त्रसित हुने विषय होइन ।

महासचिव विप्लवसँग जनबाटो अनलाइनले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार