अनुसन्धाकर्ताहरुले पृथ्वीमा यस्तो जलीय वातावरण खोजेका छन्, जहाँ जीवनको सम्भावना शून्य छ। यो खोजको उद्देश्य जीवनको सम्भावनाहरु कम गर्ने पोखरीको बारेमा अग्रिम जानकारी प्राप्त गर्नु हो।

‘नेचर इकोलॉजी एंड इवोल्यूशन’ नामक पत्रिकामा प्रकाशित सो अध्ययनबाट पत्ता लागेको छ, कि इथियोपियाको डॉलोल भू-तापीय क्षेत्रको गर्मी, ताप, र अतिअम्लीय पोखरीमा जीवन पुरै असम्भव छ। यी पोखरीहरुमा कुनै पनि प्रकारका सूक्ष्म जीव पनि देखा परेका छैनन्।

जाडो महिनामा पनि यस स्थानको तापमान ४५ डिग्री सेल्सियसभन्दा अधिक हुन्छ। र यो पृथ्वीमा रहेको सबैभन्दा गर्मी र तापले भरिएको वातावरण भएको क्षेत्र मध्ये एक हो।

अनुसन्धानकर्ताहरुका अनुसार यो क्षेत्रमा अत्यधिक अम्लीय पोखरीहरु भेटिन्छन्। शून्य (अतिअम्लीय) देखि लिएर (अत्यधिक क्षारीय) को मानकमा यस स्‍थानको पीएच शून्यभन्दा पनि कम अर्थात नकारात्मक चिन्हसम्म पुग्छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार