भारतले नेपालसँगको संवादलाई विभिन्न तहमा बढावा दिएको छ । उसले सबै तहमा भेटघाट र कुराकानीलाई गति दिएको हो ।

यसबीच भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौलाइवालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा आज दिउँसो पुगेका उनले द्विपक्षीय सम्बन्धबारे कुरा गरेको बुझिएको छ ।

भाजपा विदेश विभाग प्रमुख वैज्ञानिक पनि हुन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । चौथाइवालाले भाजपाको सन्देश मात्र नभई मोदीको सन्देश पनि बोकेर आएको बुझिएको छ । उनले नेपाल मामलामा भारतको चासोबारे समेत कुराकानी गरेको बुझिएको छ ।

सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणमा आफू आएको चौथाइवालाले ट्वीट गर्दै लेखेका छन् । सीमा समस्यापछि राजनीतिक तहमा यो प्रत्यक्ष भेटघाट हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार