मार्क्स, लेनिन र माओको विचार नै मुख्य हो, तर त्यत्तिले क्रान्ति हुँदैन। हुने भए अरुले नै गरिसकेका हुन्थे। किनकि, लेनिनको व्याख्यामा मार्क्सवाद कुनै जडसुत्र नभएर क्रान्तिको बाटो देखाउने पथप्रदर्शक सिद्वान्त हो।

नेकपा (माओवादी केन्द्र),आठौं महाधिवेशनको निर्णयमा ‘मार्क्सवाद एक सार्वभौम सिद्वान्त हो, जस अन्तर्गत नेपाली विशिष्टतामा मार्क्सवादको विकास गर्नुपर्छ।’ अतस् माओवादी केन्द्र मुख्यतस् विकासमा जोड दिंदै प्रयोगको तयारीमा अघि बढ्ने नेपाली मार्क्सवाद निर्माणतर्फ केन्द्रीत छ।

स्मरण रहोस, जेठ ०६० को केन्द्रीय समिति बैठकद्वारा तत्कालीन नेकपा (माओवादी) ले भनेको हो (माओको निधनयता अबरुद्व क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने विचार र विधि विकासको ऐतिहासिक कार्यभार उठान गर्नुपर्छ।) विषय उठान एकदम् सही थियो। तर, तत्कालीन नेतृत्व इतिहासको कार्यभारप्रति जिम्मेवार बन्न सकेन। परिणाम, वाम विसर्जनबाट सुरु भएर दक्षिण विसर्जनमा पुग्दा नेपालको माओवादी कम्युनिस्ट आन्दोलन संकटग्रस्त स्थितिमा छ।

उपरोक्त पृष्ठभूमि र संदर्भमा आठौं महाधिवेशनद्वारा पुनर्गठन गरिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली मार्क्सवादको वैज्ञानिक अवधारणा स्थापित गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा दूर्गामी महत्व राख्ने विचार निर्माणमा आधारभूत सफलता हासिल गरिएको छ। संक्षिप्तमा ती यस प्रकार छन् –

१) रक्षा, प्रयोग र विकासको सट्टा मार्क्सवादको रक्षा, विकास र प्रयोगमा जोड दिने मौलिक विचार निर्माण।

२) दलाल तथा नोकरशाही पुजीवादी अर्थ-राजनीति र ऐतिहासिक सत्ता संरचना गोर्खाली अन्धराष्ट्रवादी रहेको वर्ग विश्लेषण।

३) इण्डो-अमेरिकन हस्तक्षेप्को प्रतिरोधमा टिष्टा-कांगडा फिर्ता आन्दोलनको मुद्दा उठाउने नीति।

४) प्रारम्भिक चरण र विकसित चरणगरि दुई चरणको समाजवाद, जसले देशभक्तिपूर्ण राष्ट्रीय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्नेछ।

५) समाजवादी निर्वाचन प्रणालीका आधारमा -श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको) संयुक्त राज्यसत्ता निर्माण।

६) राज्यको ७०५ बजेटसहित समाजवाद (शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाध्य अधिकार) कार्यान्वयन दायित्व स्थानीय तहमा हस्तान्तरण गरि ७५३ स्थानीय सरकारलाई कम्युनमा विकसित गर्ने एवं कम्युनहरुको कम्युनिस्ट नेपाल निर्माण गर्ने ठोस योजना।

७) शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीति निर्धारण।

उपरोक्त राष्ट्रीय राजनीतिक कार्यनीति हासिल गर्न अब मार्क्सवादलाई ब्रम्हाण्डीय विचारधारामा विकसित गर्न सक्नु पर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार