अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले इरानी पत्रकार रुहल्लाह जामलाई इरान सरकारले मृत्युदण्ड दिएकोमा विरोध जनाएको छ ।

पत्रकार रुहल्लाह जामलाई यही सन २०२० डिसेम्बर १२ का दिन इरान सरकारले फासी दिएको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञेप्तीमा आफ्नो संगठनले संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउदै भन्दैं इरानी पत्रकारको मृत्युदण्ड मानवअधिकारको घोर उल्लंघन भएको जनाइएको छ ।

विज्ञेप्तीको पूरा पाठ यस्तो छ –

सरकार विरोधी विद्रोह भड्काएको आरोपमा इरानी पत्रकार रुहल्लाह जामलाई इरान सरकारले यही सन २०२० डिसेम्बर १२ का दिन फासी दिएको छ ।
त्यहाँको अदालतले मृत्युदण्डक‍‍‍ो फैसला सुनाएको थियोे ।

सरकार विरोधी पत्रकारक‍‍ो रुपमा चिनिएका इरानी पत्रकार रुहल्लाह जामले सन २०१७ मा इरानी सरकारक‍ो आलोचना गर्दै सोसल मिडियामा आफ्नो अभिव्यक्ति दिएका थिए । जामले सरकार विरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकारको विरोधी घृणा फैलाएको भन्दै पत्रकार जामलाई इरानी सरकारले सन २०१९ क‍ो अक्टुवरमा पक्राउ गरेर उनीमाथि मुद्दा चलाएको थियो ।

पत्रकार जामले फ्रान्समा रहेर पत्रकारिता गर्दै आएका थिए । उनले अमाद न्युज नामको मिडिया सञ्चालन गर्दै आएका थिए जुन मिडिया इरानमा अत्यधिक चर्चित छ , जसलाई इरान सरकारले प्रतिबन्ध लगाएको छ ।

उनको मुद्दामा रिभोल्युसनरी कोर्टले गरेको फैसलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको यही २०२० डिसेम्बर ८ का दिन न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् थिए ।

इरानी पत्रकार जामलाई त्यहाँको सरकारले मृत्युदण्ड (फासी) दिएको विषयले विश्वभर क्रियाशीलता क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर प्रकारले ध्यानाकर्षण गराएको छ ।

हाम्रो संगठन संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउदै आएका मानवअधिकारवादी संगठनहरु , न्याय र समानताको पक्षमा कलम चलाउदै आएका संसारभरका लेखक तथा पत्रकारहरुलाई इरानी पत्रकार जामको गैर न्यायिक मृत्युदण्डका विरोधमा र न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्न हार्दिक अपिल गर्दछ र फासिस्ट इरानी सरकारको हदैसम्मको फासीवादी हर्कतको घोर विरोध र भ्रत्सहाना गर्दछ । साथै इरानी पत्रकार जामप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति : १३ डिसेम्बर २०२०

हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यलय , काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार