शोक प्रस्ताव पास गरी सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।
पूर्व सांसद कमानसिह लामाको निधनमा शोक प्रस्ताव पारित गरी बैठक सकिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सकेसम्म बैठक टार्ने पक्षमा थिए ।
उता आइतबार स्थगित संवैधानिक परिषद्को बैठक भने मंगलबार बस्ने भएको छ ।








