नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली नै राजावादीसँग मिलेको भन्दैं गंभीर आशंका गरे ।

सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

चुनाव अघी कम्युनिष्टले जीते रुन पनि नपाइने भनेर अभिव्यक्ति दिएका देउवाले आज सोहि कुरा सम्झाउँदै भने अहिले रोए पनि किन रोएको भनेर जेल हालिदिने स्थिति बनेको बताए ।

सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उनको आरोप छ । आफूले प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विना शर्त सहयोग हुन्छ भनेको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, तर कोरोनामा पनि भ्रष्टाचार गर्ने काम गरेका छन् ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासम्म अपराधी पक्राउ नपरेको भन्दै उनले भने, शून्य सहनशीलता भन्ने मन्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । उसको पार्टीको मान्छे संलग्नता छैन भने किन पक्राउ गर्दैन ?’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार