
प्रहरी पक्राउमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला सदस्य गजेन्द्र पुन जगतको हिरासतमा मृत्यु भएको छ ।
जिल्ला जनसरकार प्रमुख समेत रहेका ५८ वर्षीय गजेन्द्र पुन ‘जगत’को समयमा उपचार नपाउँदा सोमबार मृत्यु भएको हो ।
पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भर्खर मात्र उहाँको मृत्यु भएको जानकारी आफन्तलाई दिएको छ ।
थुनुवामा रहेका वन्दीको प्रहरी प्रशासनको वेवास्ताका कारण उपचार नपाएर मृत्यु हुन पुगेको परिवारजनले बताएका छन् ।
कारागारमा एक्कासी बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमा नैं टाउकाको अप्रेशन गर्न सकिएको भए बाँच्ने जगतका भाइ यमबहादुर पुनले बताए ।
सरकारको चरम लापर्वाहीका कारण एउटा राजनीतिक बन्दीलाई बिरामी अवस्थामा मृत्यु हुनु भनेको मानवअधिकारको गंभीर उल्लंघन भएको मानवअधिकारवादीहरुको भनाई रहेको छ ।







