अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

पार्टी भित्र र बाहिरबाट व्यापक दबाब र प्रचण्डसँगको वार्तापछि ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

सत्ताधारी  नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए ।

सो अध्यादेश  सरकारले सिफारिस गरेसँगै  राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा जारी गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार