
विप्लव नेतृत्वको नेकपा धौलागरिी ब्यूरोले आज धौलागरिी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ॅजगत’को कारागारमा रहेको अवस्थामा उपचार नपाएर मृत्यु भएको भन्दै नेकपाले बन्द कार्यक्रमको घोषणा गरेको हो ।
धौलागीरि बन्दले त्यहाका सबै जिल्लाहरु प्रभावित बनेको हाम्रा संवाददाताले बताएका छन् ।
धौलागरिी ब्यूरो इन्चार्ज राजनले जारी गरेको वज्ञिप्तमिा वभिन्नि वाहनामा पटक–पटक गरिफ्तार, हरिासत र जेल जीवन बतिाई रहनु भएका म्याग्दीका लोकप्रयि नेता जगेन्द्र पुन ॅजगत’को उपचार नपाएर मृत्यु भएको गंभीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।
राजवन्दीको स्वास्थ्य प्रति खेलवाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पु¥याउने कार्यप्रति नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।
घटनाको बारेमा आवश्यक छानविन र दोषी उपर कुनै कारवाही प्रक्रिया अगाडि नबढाई उल्टै शव बुझ्न परिवारलाई दिईएको दवावप्रति पनि नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।







