
सभामुख अग्न िप्रसाद सापकोटालाई जनयुद्ध कालमा भएको एक हत्याको मुद्धालाई सर्वोच्च अदालतले पेसीमा चढाएको छ ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको छ ।
सभामुख सापकोटामाथ िजनयुद्धकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । लामाका पत्नी पूर्णमिायाले २०६४ सालमा जाहेरी दएिकी थइिन् । त्यो बेला प्रहरीले जाहेरी लिएको थिएन ।
त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्यो ।
त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।
मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।







