उद्योगमन्त्री लेखराज भट्ट आन्दोलनरत कसिानहरुलाई भेट्न माइतीघर मण्डला पुगेको बेला उनीविरुद्ध कसिानहरुले उनीबरिुद्ध नै नारा लगाएका छन्।

मन्त्री भट्टले संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बिहीबार चिनी उद्योगीहरुलाई कारबाही गर्न खोज्दा नेताहरुले नै फोन गरेर कारबाही नगर्न दवाव दिन‍े गरेको बताएका थिए।

चिनी उद्योगले किसानहरुको करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी छ। भुक्तानी नपाएपछि किसानहरु काठमाडौँ आएर आन्दोलन थालेका हुन्।

उनीहरु गत वर्ष पनि काठमाडौँ आएर आन्दोलन गरेका थिए। त्यतिबेला उद्योगीहरुले भुक्तानी दिने सहमति गरेपनि सहमति कार्यान्वयन नहुँदा उनीहरु फेरि आन्दोलित भएका हुन्।

साथैं आन्दोलनमा उत्रिएका उखु किसानहरुलाई साथ दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माइतिघर मण्डला पुगेका थिए।

नेता पौडेलले कसिानहरुलाई भेटेर उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार