
विप्लव नेतृत्वको नेकपाले काठमाडौंको माइतीघर मण्डलामा उखु किसानहरुले चलाएको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेको छ ।
नेकपाको आफ्नैं सत्ताको रुपमा स्थापित केन्द्रीय जनपरिषदले एक प्रेस विज्ञेप्ती जारी गर्दै आन्दोलनरत किसानहरुको मागलाई तुरुन्त पूरा गर्न सरकारलाई चेतावनी दिएको छ ।
केन्द्रीय जनपरिषदका संयोजक सन्तोष बुढामगरद्धारा जारी विज्ञेप्तीमा चिनी उद्योग मालिकबाट पटक पटक ठगिएका उखु किसानहरु सरकारबाट पनि ठगिएको बताइएको छ ।
सरकार नैं पटक पटक साक्षी बसेर गरिएका सहमतिहरु कार्यान्वयन नहुनु निकैं विडम्बनाको विषय भएको भन्दैं परिषदले श्रमिक किसानहरुको पक्षमा आफुहरु रहेको विज्ञेप्तीमा उल्लेख छ ।
परिषदका अध्यष बुढामगरले उखु किसानहरुले पाउनु पर्ने उचित मूल्य समयमैं नपाए उखु मालिक र त्यसको संरक्षकलाई जनसत्ताले कार्वाही गर्ने समेत गंभीर चेतावनी दिएका छन् ।
यस्तो छ विज्ञेप्तीको पाठ –








