अकस्मात मन्त्रीपरिषदको बैंठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेका छन् ।

आफैले बनाएको संविधानमा नभएको अधिकारलाई कुल्चेर प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री ओलीको प्रस्तावलाई विपक्षी दलले सर्वसत्तावादको आरोप लगाएर सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ ।

साथैं आफ्नो पार्टी नेकपाले यो प्रस्तावको विरोध गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध जनाएका छन् ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार