दुई तिहाइ बहुमतका साथ तीन वर्ष अघि निर्वाचित २०७२ को संविधान अन्तर्गतको पहिलो प्रतिनिधिसभाको अकालमा मृत्यु हुने भएको छ।

सत्ताधारी नेकपाभित्रको असन्तुष्टि र स्पष्ट ध्रुवीकरण चुलिएपछि आफ्नो हैसियत गुमाउँदै गएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः आइतबार संसद विघटन गर्ने निर्णय गरेका हुन्।

हिजो बिहान मात्र आफ्नैं पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँगको वार्तामा केही सहमति बन्न नसकेपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई त्यसबाट संसद विघटनको औपचारिक निर्णयको अनुमोदन लिने कसरतमा ओली रहेका छन् ।

आइतबार र शनिबार १२ घण्टाको अन्तरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी आफ्नो विकल्पबारे परामर्श गरेको बुझिएको छ।

नेकपा स्थायी कमिटि बैठकको आइतबार निर्धारित बैठकमा आफू अल्पमत र घेराबन्दीमा पर्ने निश्चित भएपछि ओलीले यो कठोर र विवादास्पद कदम उठाउने निर्णयमा पुगेका हुन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार