सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्न मन्त्रिपरिषदले गरेको सिफारिशको कदमबारे आफू अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् ।

आफ्नो सचिवालयमार्फत गौतमले संसद भंगबारे आफ्नो समर्थन वा विरोध केही पनि नभएको स्पष्ट पारेका छन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले लेखेका छन्,”संसद भंग मेरो न समर्थन छ, न विरोध । पर्ख र हेरको अवस्थामा छु । – क. वामदेव गौतम, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार