नेपालमा २००७ सालयता करिब ७० वर्षदेखि विभिन्न कालखन्डमा पंचायती व्यवस्थाभित्र या बाहिर हामीले देखेको के हो भन्दा संसदीय व्यवस्थाले काम गर्न नसकेको कुरा तथ्यहरुले देखाउदै आएको कुरा हो।

हामीले देखे कै हौ २०१५सालको काङ्रेसको दुइतिहाइको सरकारले काम गर्न नसक्नु, २०४८सालमा अत्याधिक बहुमतको काङ्रेसको सरकार गिरिजा प्रशाद कोइरालाले मध्यावधी घोषणा गरेको, आफ्नै पार्टीको सरकार चलाऊन नसकेर शेरबहादुर देउवाले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण गरेर प्रजातन्त्र समाप्त गरेको देखी आजको खड्ग प्रसा ओलीले संसद विघटनको जुन काम गरे यसले के पुष्टी गर्छ भने नेपालमा व्यवस्थापरिवर्तनसंगै यहाँको स्थायी सत्तामा परिवर्तन गरिएन ।

यसको कारण राजनीतिक पार्टीले आफ्नो काम गर्न नसके पनि यहाँको स्थायी सत्ताले आफ्नो काम गर्नु पर्थ्यो सो गरेन। उल्टै ठुला ठुला भ्रस्टाचार गरेर कृतिमान कायम गरे। अब शेरबहादुर, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई या अरु कुनै यो व्यवस्थाको विकल्प होइन। अवको विकल्प भनेको नौलो जनवादी व्यवस्था नै हो। यानी कि यहाँको कर्मचारीतन्त्रको सम्पूर्ण परिवर्तन र प्रत्यक्ष कार्यकारी राष्ट्रपपति नै अहिलेको प्रमुख विषय हो।

भनिन्छ नि जब ‘मान्छे बुढो हुन्छ निहु खोज्न थाल्छ, गोरु बुढो भएपछि भिर खोज्न थाल्छ ।’ माफ गर्नु होला मैले बृद्ध मानिसको अपमान गर्न खोजेको कदापी होइन। तर शारिरिक अस्वस्थताले मान्छेलाई राम्रो नराम्रो छुट्याउन नसक्ने बनाउछ। यो वैज्ञानिकक तथ्य हो। यो हामीले ६० वर्ष पार गरेका नेतालाई चुनावमा उठाउने नेता बनाउने, मन्त्री वा संसद संवैंधानिक निकायमा नियुक्ती गर्ने कानुन बन्द गर्नु पर्छ। युवा जोश र जागर भएका, पढे,लेखेका युवालाई राष्ट्रको जिम्मा लगाउनु पर्छ।

हिजो तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र बीचमा एकाएक पार्टी एकता गर्दा र चुनावमा जनताले मत दिदा जति उत्साह थियो आज त्यति धेरै निराशा जनतामा छाएको छ। यो सरकार बनेको ३ वर्ष पुरा भएको छ तर यो तीन वर्षमा कुनै उल्लेखनीय काम यो यति बलियो सरकारबाट हुन सकेन। जब कि संविधान बदलिने बाहेकका सम्पूर्ण नियम कानुन बदल्ने तागत यो सरकारसँग थियो। किन कुनै काम गर्न सकेन ?

हामीलाई सोच्न बाध्य बनायो। प्रचन्ड, माधव नेपाल, झलनाथ खनालहरुले हिजोका दिनमा गरेका ठुला ठुला भ्रस्टाचार, हत्या हिंसाका फाइल खोल्ने हुन कि भन्ने डरले यिनलाई संबैधानिक निकायमा मान्छे लैजानै नदिने ओलीका साथ सहयोगी, मान्छेले आज हिजोका भन्दा ठुला भ्रस्टाचार गर्ने। यो भन्दा लाज मर्दो कुरा के होला कि प्रतिपक्षले कुनै अवरोध नगर्दा पनि सरकार ढल्नु संसद नै खारेज गर्नु र आम निर्वाचन झै मध्यावधिमा जानु राष्ट्रको लागि कती ठुलो घात हो ? जनतामा मुद्दा कसैलाई मतलब छैन ।

किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी, कर्मचारी, वैंदेशिक रोजगारीमा गएका नागरिकका लागि कोही एक शब्द खर्चिने पक्षमा छैनन। तर म जेल जान्छु कि मलाई सुरक्षा हुँदैन कि मलाई धन जोगाउने उपाय गुम्न्छ कि भनेर दिनरात पार्टीभित्र युद्द गर्ने छबिलाल, माकुनेहरु र यिनलाई ठेगाना नलगाई छोड्दिने भन्ने खड्गेहरुको कारण हामीले फेरि अनावश्यक भार बेहोर्नु पर्ने भयो। अब यो कदापी स्वीकार गर्नु हुँदैन।

अब हामी नेपाली जनता उठ्नु पर्‍यो वारापारको लडाईंमा । यो ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’लाई सदाको लागि बिदा गरौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार