
केही समय केपी ओली समुहमा रहेका रामबहादुर थापा बादलले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् ।
बादलले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर गरेको छलफलमा यस्तो बताएका हुन् । सो छलफलमा देव गुरुङ, पम्फा भुसाललगायत २० भन्दा बढी नेता सहभागी थिए ।
भेलामा सहभागी सबैले ओलीको कदमलाई भन्यो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’
छलफलमा उठेका प्रश्नमा बादलले अरु थप परामर्श गरेर निर्णय दिन्छु भनेको त्यो छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
बादल गृहमन्त्री छोडेर प्रचण्ड र माधव नेपालको समुहमा आउछन् या ओलीको मन्त्रीमण्डलमा रहिरहन्छन्, त्यो भने निकैं जिज्ञासाको विषय बनेको छ ।







