नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले केपी ओली सरकारले गरेको संसद विघटनलाई कडा शब्दमा विरोध र भर्त्सना गरेको छ ।

मोर्चाका अध्यक्ष विष्णु भुजेलले एक प्रेस विज्ञप्ती जारी गरेर ओली सरकारले गरेको संसद विघटन संसदीय व्यवस्थाको असफलताको उदाहरण भएको बताएका छन् ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट जनताको शान्ति र समृद्धि संभव छैन भन्ने कुरा पुष्टी भएको बताउदैं मोर्चाले संसद विघटनले नेपालमा वैज्ञानिक समाजवादको औचित्य फेरि पुष्टी भएकोमा जिकिर गरेको छ ।

यस्तो विज्ञेप्तीको पूरा पाठ –

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधीसभा भंग गरे संगै नेपालमा संसदीय ब्यवस्था असफलता पुनस् एक पटक पुष्टि भएको छ । प्रधानमन्त्रीको उक्त अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको हामी कडा शब्दमा भ्रत्सर्ना गर्दछौं ।

दलाल पुंजिवादी संसदीय ब्यवस्थाबाट शान्ती, सम्वृद्धि, बिभेद मुक्त र समुन्नत वैज्ञानिक समाजको निर्माण सम्भव हुदैन । नेपाली जनताको आवश्यकता र जनभावनालाई सम्बोधन गर्न असफल भएपछि घरेलु प्रतिकृयावाद र साम्राज्यवादको इसारामा केपी शर्मा ओलीले चालेको यस कदमले दलाल तथा संसदीय ब्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको अपरिहार्यतालाई अझै ठोस बनाएको छ ।

विश्व कोरोना महामारीलाई न्युनिकरण गर्दै यसले जनजीवनमा पारेको आर्थिक अस्तब्यस्तताबाट कसरी बच्ने भन्ने छलफलमा केन्द्रित भइरहेको छ । आफ्ना गुटगत स्वार्थहरु छोडेर राष्ट्रिय एकता कायम गर्दै नेपाली जनताको सेवामा जुट्न, विदेशी बजारमा श्रम बेच्न बाध्य देशका कुल जनसंख्याको झण्डै एक तिहाई युवा पुस्तालाई देश फर्काउन, उत्प्रेरक, आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्न र विश्व साम्राज्यवादले आफ्नो अनुकूल नेपाललाई प्रयोग गर्ने विविध षडयन्त्रहरुको प्रतिरोध गर्न छोडेर नितान्त आफू र आफ्नो गुटको लागि सत्ता शक्तिको प्रयोग गर्ने यो संसदवादी प्रवृत्तिको आम जनताले प्रतिरोध गर्न जरुरी छ ।

वर्तमान सुख्खा गणतन्त्रमा विकसित भएका घटनाक्रमहरुले कुनै दल वा व्यक्ति भन्दा पनि यो राज्य प्रणाली नै असफल भएको प्रमाणित गरेको छ । त्यसैले संसारभरी रहेका सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा केपी शर्मा ओलीको फासिवादी कदमको बिरोध गर्दै वैज्ञानिक समाजवादी राज्यब्यवस्था स्थापनाका निम्ती संवाद र सहकार्य सहित अघी बढ्न अपिल गर्दछौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार