
सत्ताधारी नेकपाको दुवै पक्षले आज केन्द्रीय कमिटी बैठक अलग अलग स्थानमा हुने भएको छ ।
सत्ताधारी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
दुवै पक्षको केन्द्रीय कमिटी बैठकले एकले अर्को पक्षलाई कारबाहीको तयारी गरेको छ । यता सत्ताधारी नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल भने दुवै बैठकमा सहभागी नहुने भएका छन् ।
बादल भने आफूनिकट नेताहरुसँग परामर्शमा छन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् भने प्रचण्ड(माधव नेपाल समूहले दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन् ।
यसपछि सत्ताधारी नेकपा विधिवत रुपमा विभाजनतर्फ जाने विश्लेषकहरुको टिप्पणी गरेको छ ।







