सत्ताधारी नेकपाको पहिलो अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डैं १२ सय सदीस्यी महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
आफ्नो सरकारी निवासमा आज बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए
यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि आजै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
सत्ताधारी नेकपाकाको बालुवाटारमा सुरु भएको भएको बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन्।








