सत्ताधारी नेकपाको प्रचण्ड माधव नेपालको समुहको भेलाले केपी ओलीलाई अध्यक्षबाट हटाएको छ र माधव नेपाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको जनाइएको छ

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक(पटक उलंघन गरेको लगायतका आरोप प्रस्तावमा लगाइएको छ ।

बैठकले अध्यक्ष परिवर्तनसहित ६ वटा एजेन्डा प्रस्तुत गरेको थियो ।  पछिल्लो राजनीतिक र पार्टीको परिस्थितिबारे जानकारी गराउने एजेन्डालाई पहिलो सूचीमा राखिएको थिय।

जसअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले बैठकमा आफ्ना धारणा राखेका छन् ।

त्यसैगरी दोस्रोमा अनुशासनको कारबाही राखिएको थियो । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदनका लागि प्रस्ताव गरिएको थियो ।

तेस्रो एजेन्डाअनुसार सोही बैठकमा माधव नेपाललाई रिक्त अध्यक्ष पदमा निर्वाचित गरेको घोषणा गर्ने एजेन्डा तय भएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार