सत्ताधारी नेकपा विभाजन हुँदा केपी ओली कित्तामा लागेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझि मन्त्री बन्ने भएका छन् । मन्त्री बन्ने सहमतिमै उनी ओली पक्षमा लागेका हुन् ।

संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । त्यसमा कम्तीमा ७-८ मन्त्री थपिने छन् । त्यसमा रायमाझिले मन्त्री पाउने पक्का भएको छ ।

ओली पक्षमा लागेका पूर्व माओवादी नेता मणि थापा पनि मन्त्री बन्न लबिङमा छन् । संसद बिघटन भइसकेकाले जो सुकै नेतालाई पनि मन्त्री बनाउन सकिने प्रावधान छ ।

प्रचण्ड–माधव नेपाल पक्षका सात मन्त्रीले गत आइतबार राजिनामा दिइसकेका छन् ।

नेता वामदेव गौतम दुवै पक्षमा नलागी बसेका छन् । त्यसैंगरी रामबहादुर थापा बादल पनि कुनैं पक्षमा लागेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार