सत्ताधारी नेकपाभित्रको विवादमा गृहमन्त्री रामबहादुर थापा बादल अन्तत प्रधानमन्त्री केपी ओलीसँगै रहने भएका छन् ।

सत्ताधारी नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड माधव नेपालले मंगलबार गरेका छुट्टाछुट्टै भेलामा बादल कतै पनि सहभागी भएका थिएनन्।

ओली समूहले जम्बो केन्द्रीय समिति घोषणा गरेर आफ्ना पक्षमा अत्यधिक बहुमत देखाएको छ भने प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको छ।

यी दुवै भेलामा बादललाई बोलाइएको भए पनि उनी कतै गएनन्। बादललाई प्रचण्डले सोमबार र मंगलबार दुई दिनसम्म भेटेका थिए।

प्रधानमन्त्री ओलीले पनि बादललाई बालुवाटार बोलाएर छलफल गरेका थिए। बुधबार प्रधानमन्त्रीसँग भएको छलफलपछि बादल निकट स्रोतले बुधाबार साँझसम्म बादलको धारणा आउने बताएको थियो।

अब बादल प्रधानमन्त्रीसँगै रहने सम्भावना बढेको बादल निकट स्रोतले बतायो।

‘राजीनामा नदिएपछि उहाँको धारणा किन आउन पर्‍यो भन्ने भयो। प्रचण्ड-नेपालसँग जाने भए त उहाँले राजीनामा दिइसक्नुहुन्थ्यो नि !’ बादल निकट स्रोतले भन्यो, ‘अब उहाँ केपी ओलीको गृहमन्त्री भएर बस्ने हो। सायद अब बस्ने ओली समूहका बैठकमा समेत जानुहुन्छ होला।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार