सत्ताधारी नेकपा फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी छैनन् ।

अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिरै लाग्ने बताइएपनि बादल भने ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोतले बताएको छ ।

बादल निकट स्रोतले भन्यो, ‘हामीले ओली प्रतिगमनकारी हुन्, उहाँतिर लाग्नु अग्रगमन नमान्नु हो भनेर धेरै भन्यौं । तर उहाँको जोडबल ओलीतिरै लाग्ने छ, हामी सम्झाउँदा सम्झाउँदा हैरान भइसक्यौ तर मान्नु भएको छैन ।’

स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् । स्रोतले त्यो आकर्षक अफर के हो भन्नेबारे स्पष्ट नखुलाएपनि ओली पक्षमा बादललाई कार्यकारी अध्यक्षसम्म बनाउनेसम्मको अफर गरिएको छ ।

विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ ।

बादललाई प्रचण्डतिरै लाग्न उनी समूहका भनेर चिनिएका नेताहरुले पटक पटक अनुरोध गरेपनि उनी राजी नभएका स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार