प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् ।

‘माइतीघरबाट सुरु भएको प्रदर्शनमा सहभागीहरुले ‘बयलगाडा चढेर अमेरिका जा, नेकपा एकता जिन्दावाद,बयलगाडा केपी ओली मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, भारतीय दलाल केपी ओली मुर्दावाद, एमसीसी चाइँदैन, खड्ग ओली चाहिँदैन’, लगायतका नारा लगाएका छन् ।

साथैं उनीहरुले ‘खड्के ओली तेरो पाराले, दुख पायो साराले’, ‘बयलगाढा केपी ओली मुर्दा’, ‘गणतन्त्रविरोधी ओली मूर्दावाद’, ‘आर्यघातले के भन्छ, केपी विद्या ले भन्छ’ नारा लगाएका छन् ।

प्रदर्शनमा प्रचण्ड र माधव नेपाल समेत सहभागी छन् । प्रदर्शनकारीहरु निर्वाचन आयोगतर्फ अघि बढ्दैछन् ।

उनीहरुले आफूहरु नेकपाको मुलधार भएको आयोगलाई ध्यानाकर्षण गराउनेछन् । यस्तै प्रदर्शनमा सहभागीले सूर्य चिन्ह अंकित झण्डासमेत बोकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार