पार्टीमा विभाजन आएसँगैं बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा प्रचण्ड-नेपाल समुहले अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरेको छ ।

बागमती प्रदेश सरकारका वर्तमा मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रचण्ड–माधव निकट नेकपाका४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले समेत केही बेरअघी पदबाट राजीनामा दिएका छन । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन ।

तीनजै जना मन्त्रीको हस्ताक्षर सहित जारी विज्ञप्तीमा उनीहरुले मुख्यमन्त्रीका कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै गएको बताएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार