
ओलीद्धारा पूर्व माओवादीका पाँच मन्त्रीलाई गरे नियुक्त, रायमाझीदेखि मणि थापा र प्रभु साहलगायतले पाए प्राथमिकता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्व माओवादी नेताहरुलाई नियुक्त गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।
जसअनुसार टोपबहादुर रायमाझीलाई उर्जामन्त्री, मणि थापालाई पर्यटन मन्त्री, प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी दावा लामालाई शिक्षा मन्त्री, र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।
प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।







