नेपाली कम्युनिस्ट आन्दोलनका एक अविराम योद्धा एवं माक्र्सवादी चिन्तक सोनाम साथीको निधन भएको छ ।

उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । पछिल्लो पटक उनलाई निमोनिया रोगले च्यापेपछि प्रदर्शनीमार्गस्थिति मोडेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारत रहँदा रहँदै हिजो बेलुकी उनको निधन भएको हो ।

केही समयअघि सोनाम साथीलाई कोरोना संक्रमण पनि भएको थियो । पाटन अस्पतालमा कोरानोको लामो र गम्भीर उपचार पछि उनी निको भएका थिए ।

कम्युनिष्ट सिद्धान्तलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमा नै समेत अभ्यास गरिरहेका सोनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक एवं अगुवा मानिन्छन् ।

उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ ।

स्वनामको निधनपछि उनका धेरैं वामपन्थी सहयोद्धा र शुभचिन्तकहरुले उनीप्रति गहिरो भाव एंव श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार